प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ८ जना नयाँ मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्ने भएका छन्। विस्तारित मन्त्रिपरिषदमा पूर्व माओवादी र एमालेतर्फबाट मिलाएर मन्त्री बनाउन लागेको हो।
पूर्व माओवादीबाट टोपवहादुर रायमाझी, प्रभु साह, मणि थापा, गौरीशंकर चौधरी र दावा लामा मन्त्री हुँदैछन्।
त्यस्तै पूर्व एमालेबाट प्रेम आले, विमला विक र गणेश ठगुन्ना मन्त्री हुन लागेको वालुवाटार निकट स्रोतले जानकारी दिएको छ।
भाजन भए पनि केहीको बाँकी रहेको स्रोतले जानकारी दिएको छ।
नवनियुक्त मन्त्रीहरूको सपथ आजै राष्ट्रपति कार्यालयमा हुनेछ।