नेपाल चलचित्र संघको आह्वानमा विराटनगरको सिनेमा हलहरु सञ्चालनमा आएका छन् । तर दर्शक अभावका कारण विराटनगरको सिटी सिनेमा र हिमालय हलले फिल्म देखाउने तयारी थालेको बताएपनि अन्य हलहरु भने सञ्चालन गरिएको छैन ।कोरोना महामारीका कारण विराटनगरका सिनेमा हलहरु विगत ९ महिनादेखि बन्द रहेका थिए । विराटनगरको सिटी सिनेमाका मेनेजर शंकर मेहताले चलचित्र संघको आह्वानमा हल सञ्चालन गरिएको र स्वास्थ्य र्सतर्कता अपनाएर फिल्म देखाउने तयारी गरिएको जानकारी दिए ।उनले दर्शक अभाव भएकाले हल सञ्चालनमा कठिनाई हुने भएपनि १० जनासम्म दर्शक भएमा फिल्म देखाउने कार्य गरिने बताउनु भयो । विराटनगरमा आधा दर्जन फिल्म हलहरु रहेका छन् । दर्शक अभाव भएपछि अन्य हलहरुले फिल्म देखाउने कार्य सुरु गर्न सकेका छैनन् ।