चिनियाँ राजदूत होउ यान्छी र पूर्वसभामुख तथा प्रचण्डमाधव समूहका नेता कृणबहादुर महराबीच भेटघाट भएको छ।
राजदूत यान्छी महरालाई भेट्न महरा निवास पुगेकी छन् ।
नेकपाको आन्तरिक विवाद समाधान गराउन र फुटबाट जोगाउन सक्रिय यान्छी नेकपा राजनीतिक रुपमा फुटेपछि महरालाई भेट् गर्न पुगेकी हुन्।
राजदूत यान्छीको महरासँगको भेटलाई अर्थपूर्ण मानिएको छ।
चिनियाँ राजदूतले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारी र पुष्प कमल दाहाल प्रचण्डलाई भेटेकी थिइन् ।