नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रामबहादुर थापाले आफ्नो पक्षका लागि तयार गरेको मन्तब्य ओली समूहको भेलामा राखेको टिप्पणी गरेका छन् ।
पार्टी विभाजनमा तटस्थ रहँदै आएका बादल बिहीबार केपी शर्मा ओली समूहमा लागेका थिए । ओली समूहको बैठकलाई सम्बोधन गर्दै उनले मध्यावधि निर्वाचन अग्रगमन र संसद पुनस्थापना हुन नसक्ने बताएका थिए ।
शुक्रबार पत्रकार सम्मेलनमा प्रचण्ड–माधव समूहका अध्यक्ष प्रचण्डले कता जाने भन्ने व्यक्तिको विवेक भएको बताए । ‘भाषण सुन्दा ‘यता आउन तयार पारेको भाषण उता गर्नु भएछ’ भन्ने जस्तो लागेको बताए । उनले भने ‘ झुक्किएर उता पुग्नु भएको होला, उहाँ यता आउनुहुन्छ ।’