नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा बोल्ने र काम अर्कै गर्ने बुज्रुवा स्वभावको भएको बताएका छन्।
शुक्रबार आयोजित प्रचण्ड-नेपाल समूहको पत्रकार सम्मेलनमा बोल्दै प्रचण्डले आफूले सताएर होइन ओलीले सताएर आफूहरू अलग हुनु परेको बताए।
‘एउटा बैठकमा उहाँले मेरो कुर्सी पछाडि सारिदिनुभयो,’ प्रचण्डले भने,‘तर मैले उहाँसँग गुनासो गरिनँ बरू सँगै कुर्सी हुँदा म तपाईंसँगमात्र थिएँ अब त बाँकी सात जनासँग पुगें भनेर धन्यवाद दिएँ।’
उनले प्रधानमन्त्री ओलीले बाहिर मीठो बोले पनि गत वर्षदेखि नै आफूलाई सिद्ध्याउन लागेको बताए।
‘उहाँ बाहिर बोल्दा मीठो बोल्नुहुन्छ। भित्रभित्रै छुरा घोप्नुहुन्छ,’ प्रचण्डले भने,‘बाहिर भ्रष्टाचार गर्दिनँ, हुन पनि दिन्न भन्नुहुन्छ। भित्रभित्रै संरक्षण पनि गर्नुहुन्छ।’