भारतीय क्रिकेट बोर्डले सन् २०२२ मा इन्डियन प्रिमियर लिग (आइपिएल)मा टिमको सङ्ख्या १० पुर्याउने भएको छ । बिहीबार भएको बिसिसिआईको वार्षिक साधारण सभाले २०२२ देखि आइपिएलमा १० टिम खेलाउने निर्णय गरेको हो ।
अहमदावादमा भएको वार्षिक साधारण सभाले सबैको सुझाव र सहमतिमा टिम सङ्ख्या १० पुर्याउने निर्णय गरेको हो । २०२१ मा हुने संस्करणमा भने अहिलेका आठ टिमलाई मात्र समावेश गरिने भएको छ ।
यस्तै बिसिसिआईले सन् २०२८ मा लस एञ्जलसमा हुने ओलम्पिकमा क्रिकेटलाई समावेशका विषयमा २०२१ को सुरुआतमा निर्णय गर्ने भएको छ । त्यो बेला विशेष बैठक बोलाएर निर्णय गर्ने भएको हो ।
२०२८ मा हुने ओलम्पिकमा आइसिसीले नै क्रिकेटलाई समावेश गर्नका लागि पहल गरिरहेको छ । त्यसका लागि आइसिसीले आफ्ना सदस्य राष्ट्रलाई पत्राचार गरेको छ ।