माधवकुमार नेपाललाई अध्यक्ष बनाएको भन्दै उनकै गृहजिल्ला रौतहटका नेता प्रभु साहले असहमति जनाएका छन्।
नेता साहले दुई अध्यक्षीय प्रणाली नेपालमा असफल भइसकेको भन्दै एकल अध्यक्षीय बनाउन माग गरेका छन्।
नेकपाभित्रको विवादमा प्रचण्ड-माधव समूहमा रहेका नेता साहले बिहिबार विज्ञप्ति मार्फत दुई अध्यक्षीय प्रणालीको गल्ती नदोहोर्याउन सचेत गराएका हुन।
साहले हिजो अलगअलग पार्टीको एकल अध्यक्ष भएको समयमा प्राप्त गरेको लगभग दुई तिहाईको ऐतिहासिक सफलता पार्टी एकतापछि निर्माण भएको दुई अध्यक्षीय प्रणालीमा अध्यक्षहरुबीचको आपसी टकरावले आज पार्टी क्षतविक्षत मात्र भएन, सिंगो व्यवस्था नै अस्तव्यस्त भई देश अन्यौलग्रस्त स्थितिमा भएको बताएका छन्।