संसद् विघटनको विरोधमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव–प्रचण्ड समूह निकट विद्यार्थी र युवाको समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । संसद् विघटनको विरोधमा बिहीबार बेलुका विराटनगरमा पुत्ला दहन गरेको हो ।
विराटनगरको संसारीमाइस्थान र घोघापुल चोकबाट राँके जुलुससहित आएको समूहले जलजला चोकमा प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजी गर्दै पुत्ला दहन गरेको हो ।संसद् विघटनको विरोधमा शुक्रबार पनि प्रदर्शन गर्ने प्रचण्ड–नेपाल समूह निकट विद्यार्थी नेता जिसस न्यौपानेले जानकारी दिए ।