नेपाल कम्यनिष्ट पार्टी नेकपा दुई समुहमा विभाजित भएपछि ओली समुहतिर लागेका केन्द्रिय सदस्य शेर बहादुर तामाङ प्रचण्ड नेपाल समुहमा फर्केका छन । बिहिबार एक विज्ञप्ती निकालेर आफुहरु संसद पुर्नस्थापनाको पक्षमा रहेको उल्लेख भन्दै प्रचण्ड नेपाल समुहको आज हुने बैठकमा सहभागी हुने जनाएका छन । तामाङसँगै श्रीमति प्रदेश सभा सदस्य उषाकला राईले समेत ओली पक्षबाट मनोनित केन्द्रिय सदस्य समेत अस्विकार गरेको जनाएकी छन ।
सिन्धुपाल्चोकबाट निर्वाचित तामाङ ओली पक्षको संसदीय दलको बैठकमा पनि सहभागी भएका थिए । तर जिल्लामा माधव नेपाल पक्षको बर्चश्व रहेकाले कार्यकर्ताको दबाब थेग्न नसकेर उनले प्रचण्ड माधव पक्षमा लाग्ने निर्णय गरेको निकट स्रोतले जनाएको छ । यसअघि कार्की पार्टी प्यालेसको बैठकमा सहभागी भएका स्थायी कमिटी सदस्य रघुवीर महासेठ भने प्रचण्ड नेपाल समुहलाई छाडेर बालुवाटार फर्केका छन् ।