नेकपा विभाजनमा तटस्थ रहँदै आएका गृहमन्त्री रामबहादुर थापा बादल प्रधानमन्त्री ओली समूहमा लागेका छन् । पार्टी विभाजनपछि बादल ओली समूहमा लागेका हुन् ।
बादल ओली समूहको बैठकमा सहभागी भएका छन् । पार्टी विभाजनमा तटस्थ रहँदै आएका वामदेव गौतम अझै खुलेका छैनन् ।
यसअघि नै लेखराज भट्ट, टोपबहादुर रायमाझी र मणि थापा ओली समूहमा लागिसकेका छन् ।
आजै पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक पनि बस्दैछ ।