नेपाली कांग्रेसका सभापति एबं पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले बदलिँदो परिस्थितिमा लोकतान्त्रिक संस्कार भन्दा बाहिर गएर कुनै सहकार्य नगर्ने बताए ।
नेपाली केन्द्रिय समितिको बैठक चलिरहेको बेला आज एक प्रसंगमा सभापति देउवाले पार्टीको लोकतान्त्रिक र संसदीय अमर्यादा भन्दा बाहिर गएर कम्युनिस्टको किचलो र सत्ताको खेलमा नलाग्ने स्पस्ट पारेका हुन् । नेकपाको शक्ति संघर्ष र सत्ता मोहले जन्माएको गम्भीर परिस्थितिमा कांग्रेस संविधान, लोकतन्त्र र रास्ट्रहित बाहेक अन्य बिषयमा नअल्मलिने पनि बताएका छन् ।
नेकपाका कुन खेमा संग मिल्छ त् अब कांग्रेस? भन्ने प्रश्नमा सभापति देउवाले प्रस्ट पार्दै काङ्ग्रेस अहिलेकै अवस्थामा कसैसंग पनि सरकारमा नजाने र पार्टीको जारी केन्द्रिय समितिले नै सिंगो निर्णय गर्ने बताए ।
कांग्रेसको जारी केन्द्रिय समिति बैठकमा केन्द्रिय नेताहरु एबं सदस्यहरुले उठाउनु भएका बिभिन्न बहसका बारेमा सिंगो पार्टीको आधिकारिक धाराणा निर्णय भएको छैन।
आजको केन्द्रीय कार्यसमितिको बैठकमा आनन्द ढुंगाना, गगन कुमार थापा, रामशरण महत र बलबहादुर केसीले आ-आफ्नो धारणा व्यक्त गरेका छन्। जारी केन्द्रीय समितिको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेसँगै संस्थागत धारणा बनाउने बताइएको छ। बैठक फेरी भोलि पनि बस्नेछ।