प्यारापिटमै भारतीय समर्थकको अस्ट्रेलियन प्रेमिकालाई विवाह प्रस्ताव, म्याक्सवेलले बजाए ग्राउन्डबाट ताली

भारत र अस्ट्रेलियाबीचको दोस्रो एकदिवसीय खेलमा क्रिकेटप्रेमीको एक जोडीले सबैको ध्यान खिचेका छन्। सिड्नी रंगशालामा खेल हेर्न पुगेका एक भारतीय समर्थकले आफ्नी अस्ट्रेलियन प्रेमिकालाई औंठी दिएर विवाहका लागि प्यारापिटमै प्रस्ताव गरेका हुन्। ती अस्ट्रेलियन युवतीले उक्त प्रस्तावको स्वीकार गरेकी छिन्।

अस्ट्रेलियाले दिएको ३८० रनको लक्ष्य पछ्याउँदै भारतले ब्याटिङ गरिरहँदा भारतीय समर्थकले राखेको प्रस्ताव ती युवतीले स्वीकार गरेपछि फिल्डिङ गरिरहेका अस्ट्रेलियन खेलाडी ग्लेन म्याक्सवेलले ताली बजाएका थिए।

उक्त दृष्यअस्ट्रेलिया क्रिकेटले सामाजिक सञ्जालमा पोस्ट गरेको छ। भारतीय टिमले अस्ट्रेलिया भ्रमणका दौरान तीन खेलको एकदिवसीय सिरिजका साथै तीन खेलको टी–२० सिरिज र दुई खेलको टेस्ट सिरिज खेल्नेछ। पहिलो एकदिवसीय खेलमा भारत पराजित भएको थियो।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *