चिनियाँ सरकारबिरूद्ध नेपाली मुस्लिमहरूद्धारा पोखरामा प्रदर्शन

काठमाडौं । चिनियाँ सरकारबिरूद्ध पोखरामा प्रदर्शन भएको छ । मुस्लिम कल्याणकारी समाज, कास्कीले चिनियाँ सरकारले उइगर मुस्लिमहरुमाथि गर्दै आएको दमनको विरोध गर्दै पोखरामा प्रदर्शन गरेका हुन् । समाजले उइगरहरुमाथि दमन नगर्न पनि चीन सरकारलाई चेतावनी दिएको छ ।

चीनमा उइगर मुस्लिमहरुको स्थिति गम्भिर छ । सोही अवस्थाप्रति नेपाली मुस्लिमहरू आक्रोशित बनेका हुन् । मुस्लिम कल्याणकरी समाज चिनियाँ सरकारको क्रूर मानव अधिकार उल्लंघनको बारेमा आफ्नो विचार व्यक्त गर्न अन्तर्राष्ट्रिय समुदायमा सामेल भएका छन्।

केही दिन अघि मुस्लिम संगठनहरूका अगुवाहरुले काठमाडौँमै विरोध प्रदर्शन गरेको थियो । र, शुक्रवारमात्रै मुस्लिम कल्याणकारी समाजका कार्यकर्ताहरूको एउटा समूहले पोखरामा चिनियाँ सरकारविरुद्ध विरोध प्रदर्शन गरेक हुन् । समुदायका नेताहरूले ‘भविष्यमा उइगरहरु माथि हुने घटनाको हामी अवलोकन गछौँ।’ भनेका छन् ।

केही समय अगाडी चीनले अल्पसंख्यक समुदायमाथि धार्मिक दमन तीव्र पारेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएको थियो । संचारमाध्यमहरुका अनुसार संयुक्त राज्य अमेरिकी विदेश विभागले जारी गरेको धार्मिक स्वतन्त्रताको बारेमा वार्षिक रिपोर्टमा चीनले विशेष गरी उत्तर पश्चिमी शिनजियांग प्रान्तका उइग, क्रिश्चियन, मुस्लिम, तिब्बती बौद्ध र फालुन गोंग लगायतका धर्मालम्बीहरु माथि धार्मिक दमन तीव्र परेको आरोप छ।

वार्षिक अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदनमा विश्वव्यापी धार्मिक स्वतन्त्रताको अवस्थाको सर्वेक्षणले अमेरिकी कांग्रेसलाई बुझाएको थियो । उक्त प्रतिवेदनमा ‘राष्ट्रपति सि जिनपिङले चिनियाँ कम्युनिष्ट पार्टीका सबै सदस्यहरू “निरक्षर मार्क्सवादी नास्तिक” हुनुपर्दछ भन्ने उर्दीको घोषणा गरे पनि सरकारले धर्ममाथि नियन्त्रण कायम राख्नुका साथै धार्मिक अनुयायीहरूको गतिविधि र व्यक्तिगत स्वतन्त्रतामाथि प्रतिबन्ध लगाएको थियो।

उक्त रिपोर्टमा अप्रिल २०१७ देखि बेइजिले १० लाख भन्दा बढी उइगर, जातीय कजाख, हुइ र अन्य मुस्लिम समूहका सदस्यहरूका साथै विघुर इसाईहरूलाई मनमानी ढंगले हिरासतमा लिएको छ र तिनीहरूलाई जबरजस्ती बेपत्ता पार्नु, राजनैतिक हिंसा, यातना, शारीरिक र मनोवैज्ञानिक दुर्व्यवहार, जबरजस्ती नसबंदी र यौन दुर्व्यवहार, जबरजस्ती श्रम, र उनीहरूको धर्म र जातीयताको कारण परीक्षण बिना लामो समयसम्म हिरासतमा रारेको अमेरिकी सरकारले अनुमान गरेको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *