विमानस्थलमा चिनियाँ रक्षामन्त्रीलाई स्वागत गर्न गृहमन्त्री थापाले जोडे पाखुरा

समकक्षी नभएपछि चिनियाँ रक्षामन्त्रीलाई नेपालका गृहमन्त्रीले विमानस्थलमा स्वागत गरेका छन् । नेपालको औपचारिक भ्रमणमा आएका चिनियाँ रक्षामन्त्री वेई फेङ्हेलाई गृहमन्त्री रामबहादुर थापाले स्वागत गरेका हुन् । रक्षा मन्त्रालयल प्रधानमन्त्री केपी शर्मा ओलीले सम्हालेका छन् ।

चिनियाँ रक्षामन्त्री फेङ्हीलाई स्वागत गर्ने क्रममा गृहमन्त्री थापाले पाखुरा जोडेका छन् । कोरोना भाइरस संक्रमणका कारण पछिल्लो समय हात मिलाउने चलन हराउँदै गएको छ । चिनियाँ रक्षामन्त्रीले बायाँ र नेपालका गृहमन्त्रीले दायाँ पाखुरा जोडेका हुन् । चिनियाँ रक्षामन्त्रीले हातमा ग्लोभ्स लगाएका छन् भने नेपालका गृहमन्त्रीले हातमा ग्लोभ्स लगाएको देखिँदैन । गत वर्षको असोजमा चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणपछि रक्षामन्त्री फेङ्ही नेपाल भ्रमण गर्ने उच्च चिनियाँ अधिकारी हुन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *