म्याराडोनाको मृत शरीरसँग सेल्फी लिने व्यक्ति जागिरबाट बर्खास्त

अर्जेन्टिनाका महानतम फूटबल खेलाडी डिएगो म्याराडोनाको अन्तिम संस्कार समारोहमा बिहीवार हजारौं प्रशंसकहरू राजधानी ब्युनस एयर्समा भेला भएका छन् । ६० वर्षको उमेरमा हृदयघातका कारण म्याराडोनाको मृत्यु भएको थियो ।

म्याराडोनाको मृत शरीर राखिएको कफिनसँग सेल्फी खिचाउने एक अन्तिम संस्कार संस्थाका कर्मचारीलाई जागिबाट निकालिएको छ । उक्त व्यक्तिले त्यो सेल्फी ट्विटरमा शेयर गरेका थिए । उनले म्याराडोनाको शरीरछेउमा उभिएर बूढी औंला ठड्याएका थिए ।

त्यो तस्वीरको चौतर्फी निन्दा गरिएको थियो । फूटबलका लेजेन्डको यसबाट अपमान भएको मानिसहरूले टिप्पणी गरे । एकजना ट्विटर प्रयोगकर्ताले ती कर्मचारीको अर्जेन्टिनी नागरिकता खोस्नुपर्ने समेत बताए ।

म्याराडोनाका वकिल मातियास मोर्लाले त्यो सेल्फी देख्दा ज्वरो छुटेको भन्दै कानूनी कारवाहीको चेतावनी दिए । बिहीवार हजारौं अर्जेन्टिनीहरूले म्याराडोनालाई सडकमा आएर श्रद्धाञ्जलि दिए । उक्त समारोह शान्तिपूर्वक शुरू भएको भए पनि पछि म्याराडोनाको कफिन रािखएको स्थान गभर्नमेन्ट प्यालेस पस्न खोज्ने प्रशंसकहरू प्रहरीसँग भिडेका थिए ।

केही मानिसलाई पक्राउ गरियो अनि केही घाइते भए । पछि कफिनलाई त्यहाँबाट हटाइयो । म्याराडोनालाई ब्यूनस एयर्स नजिक बेल्ला भिस्ता आवासीय क्षेत्रको चिहानमा अन्तिम संस्कार गरियो । म्याराडोनाका मातापिताको अन्त्येष्टि पनि त्यहीँ नै गरिएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *