अभिनेत्री रेखा थापाकाे प्रश्न, के राजनीति भनेको नामको खेल मात्र हो ?

काठमाडाैं, १२ मंसिर । रत्नपार्कको नाम फेरेर संखधर साख्वा उद्यान नामाकरण गरिएको प्रति नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री रेखा थापाले प्रश्न गरेकी छिन् । भिनेत्री थापाले सामाजिक सञ्जाल मार्फत गरिव निमुखको बारेमा कसैले पनि कुरा नउठाएको बताएकी छन् । रत्नपार्कको नाम फेर्न हतारो गर्नेले त्यही नजिकका गरिब नदेखेको गुनासो उनको रहेको छ ।

उनले फेसबुकमा लेखेकी छन् ‘रत्नपार्कको नाम फेर्ने र जोगाउने ध्याउन्नमा लागि रहँदा, छेउको बसपार्कमा भुइमा बसेर खाना पर्खेको गरिव निमुखाको बारेमा बोल्ने कस्ले हो । ‘कि राजनीति भनेको नामको खेल मात्रै हो रु भनेर उनले प्रश्न समेत उठाएकी छन् ।

शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेको २१ वर्षपछि ६ मंसिरमा काठमाडौं महानगरपालिकाले रत्नपार्कमा शालिक अनावरण गरेको थियो । पार्कभित्र साख्वासँगै पद्मरत्न तुलाधरको शालिक बनाइएको छ ।

साख्वा र तुलाधरको शालिक अनावरणसँगै रत्नपार्कमा शंखधर उद्यानको बोर्ड टाँगिएको छ । यसले रत्नपार्कको नाम परिर्वतसम्बन्धी विवाद हुँदै आएको छ । रत्नपार्कको नाम राजा महेन्द्रकी पत्नी रत्नको नाममा राखिएको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *