मोरङका कोरोना संक्रमित वृद्धको धरानमा मृत्यु

सुनसरी, १२ मंसिर । मोरङको वेलवारीका एक कोराना सक्रमित वृद्धको मृत्यु भएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मोरङको बेलबारीका ७६ बर्षीय वृद्धका कोरोना संक्रमितको मृत्यु भएको हो ।

उनको प्रतिष्ठानको कोभिड अस्पतालमा बिहीबार राति साढे ९ बजे मृत्यु भएको प्रतिष्ठानका सह प्रवक्ता डाक्टर चुडामणि पोख्रेलले वताए । उनलाई मधुमेह र उच्च रक्तचापको समस्या समेत रहेका र उनलाई मंसिर २ गते भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ । उनमा मंसिर ३ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *