आफुलाई राष्ट्रवादी हौँ भनेर दाबी नगर्न पूर्व राजा र राजावादीहरूलाई बाबुरामको चेतावनी

काठमाडौं : पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वराजा र राजावादीहरुलाई राष्ट्रवादी नभएको बताएका छन् । आज ट्वीट गर्दै जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्षसमेत रहेका भट्टराईले अरू जेसुकै दाबी गरे पनि आफुलाई राष्ट्रवादी हौँ भनेर दाबी नगर्न पूर्व राजा र राजावादीहरूलाई चेतावनी दिएका हुन् ।

पछिल्लो समय देशभर राजतन्त्रको पक्षमा भइरहेको प्रदर्शनतर्फ संकेत गर्दै उनको यस्तो भनाइ आएको हो । उनले राजवादीहरुले देशभित्र र बाहिर धर्मको राजनीति गरिरहेको र त्यो कुरा नेपाली जनताले बुझेको समेत उल्लेख गरेका छन् ।

नेपालमा गणतन्त्रको जग हल्लिँदा आउने अस्थिरताले देशको भविष्य के हुन्छ भन्ने बारेमा सोच्न समेत डा. भट्टराईले राजावादीहरुलाई आग्रह गरेका छन् । गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, समावेशी लोकतन्त्र आधुनिक नेपालरूपी खाटका चार खुट्टा भएको भन्दै कुनै एउटा खुट्टा भाँचिदा पूरै खाट लड्छ भन्ने वैज्ञानिक तथ्यलाई बुझ्न डा. भट्टराईले चेतावनी दिएका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *