आज पनि घट्यो सुनको भाउ

काठमाडौं : सुनको भाउ आज पनि घटेको छ। आज छापावाल सुन तोलामा१ हजार रुपैयाँ घटेर प्रतिलोला ९१ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। मंगलबार छापावाल सुन तोलामा १ हजार ८ सय रुपैयाँ घटेर ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

आज तेजावी सुनको भाउ तोलाको ९१ हजार रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदीको भाउ पनि तोलामा ५ रुपैयाँ घटेको छ। बुधबार चाँदीको भाउ प्रतितोला १ हजार १ सय ७५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *