बर्दिबासमा प्रदर्शनमा उत्रिएकामाथि गोली प्रहार

बर्दिबास : महोत्तरीको बर्दिबास-१४ शुभम् बस्तीबाट बेपत्ता भएकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको विरोधमा उत्रिएकामाथि प्रहरीले गोली चलाएको छ। गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन्।

गोली लागेर बर्दिबास नगरपालिका १ घर भएका बुद्धिराज भनिने संजय न्यौपाने,श्याम कार्की र एकजना अर्का प्रदर्शनकारी पनि घाइते भएका छन्। संजयको तीघ्रमा गम्भीर चोट लागेको भने कार्कीको टाउको फुटेको जनाइएको छ।

संजयलाई उपचारका स्थानीय पिनाकल अस्पतालमा लगिए पनि त्यहाँ उपचार संभव नभएपछि बाहिर लैजाने तयारी भइरहेको जनाइएको छ। अहिले बर्दिबास चोकमा मृतक बालिकको शव राखेर प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीले आगो नियन्त्रण गर्न आएका दुईवटा दमकलमाथि तोडफोड समेत गरेका छन्

बिहानैदेखि बन्द भएको राजमार्ग भने प्रहरीले बल प्रयोग गरेर खुलाएको छ। प्रदर्शनकारीले प्रहरी बिटमा ढुंगामुढा प्रहार गर्नुका साथै आगजनी गरेका छन्। यसअघि भीड नियन्त्रण गर्न प्रहरीले हवाइ फायर गरेको थियो।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *