रातको समयमा बत्तीले जस्तै बल्ने च्याउ भेटियो

काठमाडौं। रातको समयमा बत्तीले जस्तै प्रकाश छोड्ने च्याउ भेटिएको छ । यी च्याउले रातको समयमा हरियो रंगको प्रकाश छोड्छन् । भारतको मेघालय राज्यका जंगलमा यस्ता च्याउ उम्रिएको पाइएको हो । मेघालय भारतको पूर्वी राज्य हो । यो बंगलादेशको उत्तरतर्फ र भुटानको दक्षिणतर्फ पर्छ । सामाजिक संजालमा यी च्याउका तस्वीर शेयर गरिएका छन् र यसलाई रहस्यमय च्याउ भनिएको छ ।वैज्ञानिकहरुका अनुसार यो च्याउको प्रजातिको नाम रो’रिडोमाइसिज फि’लेस्टाचाइडिस हो ।भारतको उत्तर पूर्वमा च्याउसँग सम्बन्धित एक प’रियोजना संचालन गरिएको छ ।

यस क्रममा यो च्याउसहित च्याउका अन्य ६ सय प्र’जाति भेटिएका छन् । हरियो रंगको प्रकाश छोड्ने यो विशेष किसिमको च्याउलाई पहिलो पटक मे’घालयको पूर्वी खा’सी हि’ल्स जिल्लामा एउटा झरना नजिकै देखिएको थियो । त्यसपछि यो च्याउ पश्चिमी ज’यन्तिया हि’ल्स जिल्लामा पनि भेटियो ।इण्डियन एक्सप्रेसको रिपोर्टअनुसार यो च्याउलाई आम भाषामा बा’योल्युमिनेसेन्ट भनिन्छ । विशेषज्ञहरुका अनुसार विश्वभर अहिलेसम्म यस्ता चम्किने बा’योल्युमिनेसेन्ट च्याउका ९७ प्रजाति भेटिएका छन् । चाइनिज एकेडेमी अफ सा’इन्सेजकी मा’इकोलोजिस्ट समंथा क’रुणार्थनाका अनुसार केही जनावर, बिरुवा, ब्या’क्टेरिया र च्याउ यस्ता हुन्छन् जसले प्रकाश छ’र्छन् ।

आम रुपमा यिनीहरु समुद्रमा पाइन्छन् तर केही यस्ता पनि हुन्छन् जो जमिनमा पाइन्छन् । यिनीहरुले कति मात्रामा प्रकाश छर्छन् भन्ने उनीहरुमा भएको रसायनमा नि’र्भर गर्छ ।अहिले भेटिएको यो च्याउमा खास किसिमको रासायनिक इ’न्जाइम ल्यु’सिफेरेस पाइन्छ ।यो पदार्थ अक्सिजनसँग मि’सिएमा हरियो रंग बनाउँछ । च्याउमा थप ऊ’र्जा हुँदा यो प्रकाशको रुपमा निस्किन्छ । च्याउका अलग अलग प्र’जातिको जानकारी पत्ता लगाउनको लागि भारतको उत्तर पूर्वका ४ राज्यमा यो परियोजना सुरु गरिएको छ ।मे’घालय, असम, सिक्किम र अ’रुणाचल प्रदेशमा यो परियोजना संचालित छ ।

परियोजनाको सुरुवात बालीपुरा फ’उण्डेशनले कु’न्मिंग इ’न्स्टिच्युट अफ बो’टनी र च’ताइनिज एकेडेमी अफ साइन्ससँग मिलेर गरेको हो ।यो परियोजनाका लागि काम गरिरहेका फोटोग्राफर स्टि’फन ए’क्सफोर्ड भन्छन् ‘हामी जहाँ पनि च्याउको लागि जानकारी जम्मा गर्न जान्छौं मानिसहरुसँग चम्किने च्याउको बारेमा सोध्छौं । मे’घालयमा पनि हामीले यस्तै गर्यौं र स्थानीयले दिएको जानकारीको आधारमाच्याउसम्म पुग्यौं । फो’टोग्राफर स्टि’फनले १५ वर्षदेखि च्याउका विषयमा काम गरिरहेका छन् । यो बाँसको रुखमा उ’म्रिन्छ त्यसैले यसको नाम पनि बाँससँग जो’डेर राखिएको छ । पहिलो पटक यो बाँसकै रुखमा भेटिएको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *