कोरोनाबाट सशस्त्र प्रहरीका इन्सपेक्टरको निधन

काठमाडौं : कोरोना संक्रमणका कारण सशस्त्र प्रहरी बलका निरीक्षक (इन्सपेक्टर ) नवीन बुढाथोकीको निधन भएको छ। उनको विराट मेडिकल कलेज विराटनगरमा उपचारकै क्रममा सोमबार राति निधन भएको शसस्त्र प्रहरी प्रवक्ता राजु रिजालले जनाकारी दिए।

तेह्रथुम स्थायी घर भएका बुढाथोकी हाल ३ नं गण मोरङमा कार्यरत रहेका थिए। कोरोना संक्रमण बाहेक उनलाई अन्य दीर्घ रोगहरु भने नदेखिएको रिजालको भनाइ छ। उनी कोरोना संक्रमण नियन्त्रणकै काममा खटिएका थिए।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *