भारती सिंह र उनका श्रीमान् हर्ष जमानतमा रिहा

काठमाडौँ, ९ मंसिर । लागूऔषध अभियोगमा गिरफ्तार भएकी चर्चित भारतीय हास्यव्यंग्य कलाकार भारती सिंह र उनका श्रीमानलाई जमानतमा छाडिएको छ। हास्यकलाकार भारती सिंह र उनका श्रीमान् हर्ष लिम्बाचियालाई मुम्बईको एक अदालतले जमानत दिएको हो ।

लागूपदार्थविरुद्धको सरकारी संस्था एनसीबीले हालै भारतीको घरबाट अवैध गाँजा बरामद गरेको थियो। एनसीबीका अधिकारीहरुका अनुसार भारती र उनका श्रीमानले गाँजा सेवन गर्ने स्वीकार गरेका छन्।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *