प्रगति देखेर तर्सिएकाहरुले सरकार ढाल्न खोज्दैछन् : प्रधानमन्त्री ओली

काठमाडौं, ८ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकार परिवर्तन नहुने बताउनुभएको छ । कोरोना महामारी पछिको दोस्रो भ्रमणका रुपमा ताप्लेजुङको घुन्सा पुग्नुभएका प्रधानमन्त्री ओलीले सरकार परिवर्तनको हल्लाको पछि नलाग्न आग्रहसमेत गर्नुभएको छ । उहाँले सरकारले देशमा प्रगति गरिरहेको देखेर तर्सिएकाहरुले सरकार ढाल्न अनेका चलखेल गरिरहेको समेत आरोप लगाउनु भएको छ ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भन्नुभयो- ‘सरकारले राम्रा-राम्रा काम गरिरहेकाले स्थिरता आउला भन्ने डरले पार्टीभित्र अनेक प्रकारका सरकार ढाल्ने खालका कुकार्यहरु भइरहेका छन्, कहिले पार्टी अध्यक्षका विरुद्ध, कहिले प्रधानमन्त्रीका विरुद्ध, कहिले लिखित, कहिले छापेर सरकार ढाल्न खोजिदैछ ।’

प्रधानमन्त्री ओलीले लिम्पियाधुरा, लिपुलेक जस्ता भूमि बर्तमान सरकारले फिर्ता ल्याउए लोकप्रियता बढाउछ भनेर ती तत्वहरु आत्तिएको बताउनुभयो । तर बर्तमान सरकार कुनैपनि हालतमा ढल्न नसक्ने बताउदै उहाँले अस्थिरतको बिपक्षमा आफू रहेको स्पष्ट पार्नुभयो । यदी आफू सरकारको नेतृत्वबाट पन्छिए मुलुक गलत दिशातर्फ लाग्ने बताउनुभयो ।

उहाँले भन्नुभयो- ‘केही केही मान्छेहरु, देशलाई स्थिरतामा जान नदिन खोज्ने मान्छेहरु, देशको स्थिरता नचाहने मान्छेहरु, देशको प्रगति हरेर तर्सिएका मान्छेहरु आत्तिएका छन् । तर म देशलाई गलत बाटोमा जान दिन्न ।’ प्रधानमन्त्री ओली सोमबार बिहान ताप्लेजुङ र इलाम जिल्लाको भ्रमणमा निस्कनु भएको छ । उहाँले पहिलो कार्यक्रम अन्तर्गत ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका ६ लेलेप स्थित घुन्सामा सम्बोधन गर्नुभएको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *