रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं महानगरपालिकाको निर्णय गलत : कमल थापा

काठमाडौं, ८ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं महानगरपालिकाको निर्णय गलत भएको बताउनुभएकाे छ । उहाँले आइतबार सामाजिक सञ्जाल ट्वीटरमार्फत मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य अस्विकार्य भएकाे बताउनुभएकाे छ ।

‘रत्नपार्कको नाम परिवर्तन गर्ने काठमाडौं मनपाको निर्णय गलत छ। श्री ५ महेन्द्रको जीवनसंगिनी राजा विरेन्द्र र ज्ञानेन्द्रकी माता र हाल वृद्ध जीवन बिताइरहनुभएकी श्री ५ मुमाबडामहारानी रत्नको ईतिहास मेटाउने कार्य अस्विकार्य छ। निर्णय सच्याईयोस्‚’ थापाले ट्वीटरमा लेख्नुभएकाे छ‚ ‘जबरजस्ती गर्न खोजिए अवरोध गर्न बाध्य हुनेछौं।’

नेपाल संवतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य स्थानमा स्थापना गरेर भव्य पार्क बनाइए आफ्नोतर्फबाट पूर्ण सहयोग रहने तर रत्नपार्कको नाम परिवर्तन गर्ने‚ इतिहाँस मेटाउने कार्य संकीर्ण र विकास विरोधी रहेको बताउनुभएकाे छ ।

‘नेपाल संवतका प्रवर्तक शंखधर र पद्मरत्नको शालिक अन्य कुनै स्थानमा स्थापना गरियोस्। भव्य पार्क बनाइयोस्। हाम्रो पुरा सहयोग रहनेछ, तर रत्नपार्कको नाम परिवर्तन गर्ने, इतिहास मेटाउने कार्य संकीर्ण र विकास विरोधी छ। निर्णय पुनर्विचार गरियोस्। द्वन्द्व निम्त्याउने काम नहोस्। इनफ इज इनफ,’ उहाँले ट्वीटरमा लेख्नुभएकाे छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *