नेपालको कानुन दैव ले जानुन !

चिरन्जीवी न्यौपाने / युवा अभियन्ता

 

सामान्य बोलीचालीमा सुनिने गरिन्छ , नेपालमा नबुझिने खाले कानुनहरु हुन्छन , अझ ठेट भाषामा भन्नु पर्दा “नेपालका कानुन देवले जानुन ” यो कथन निकै सुनिने गरेको पाइन्छ। कानुन संबिधान तह कसैले जानिन र बुझेन भन्ने छुट हुदैन वा पाइदैन।  हरेक परिस्थितिका पोकाहरु बाट कानुनको माग हुन्छ र निर्माण हुदैँ एउटा खाले प्रक्रियामा जान्छ।  आज यस आलेखमा हामि नेपालि कानुनका स्रोतहरु र यसका निर्माण प्रक्रिया बारे संछिप्त चर्चा गर्दै , समाजमा भोग्ने परिघटना बारे तुलना गर्दै चर्चा गर्ने छौ।

मूल अन्तर्य बाट बिषयबस्तु उठान गर्दा हामिले बुझ्नु पर्ने कुरा भनेको , प्रत्यक सिस्टम भनिने राज्य वा आजको भुमंडल लाई बुझेर सफल राज्य बन्ने दाऊमा रहेका , सफल भएर टिक्न प्रयत्नशिल वा भनौ आश लाग्दो प्रगती गरेका हरेक ठाँउ कानुन र बिधिमा बाधिएका पाइन्छन।  हो सबै मानवीय मुल्य र मान्यता लाई ३६० डिग्रि बिश्लेष्ण गरेर समावेशी समाज र रास्ट्र बनाउन सकिन्छ।  तर हामी नेपालिहरु पनि अब नेपालमा बन्ने हरेक कानुन को सहि र तथ्ययुक्त तर्क गर्ने जवानामा प्रबेश गरेको हुनाले अब यो कथन ” नेपालि कानुनहरु दैव र मनुष्य सबैले बुझ्ने हुनुपर्छ ” हरेक दानवीय गुणमाथि अंकुश र मानवीय गुण माथि शुभ सङ्केत छाड्ने खाले कानुन वा नीतिहरु बन्नु पर्छ।

कानुनका भित्रि आखा कसरी खुल्छन भन्ने बात मार्दा , सरासर हेरौ  यिनका श्रोतहरु र ओतहरु।

हरेक खाले शासन व्यवस्था होउन , आजको यो जटिल एबं प्रविधिमय समाजमा हरेक नव चिन्तन संगै प्रजातन्त्रको अभ्यास गर्दै गर्दा अनेकौ कानुनहरु र यसको निर्माण गर्दा नवचरित्र एब्म नयाँ शैलीको प्रादुर्भाव भएको पाउन सकिन्छ। अब जनता जान्ने मात्रै होइन बिचारहरु लाई कोल्टे फेर्ने सम्म आजका नयाँ संचार माध्यमले भूमिका निभाएका छन। सामाजिक बिज्ञानका आखाँ बाट हेर्दा पारोर्कियल वा संकीर्ण राजनैतिक संस्कार बाट जनता हरु पार्टिसीपेटिप वा सहभागितामूलक राजनैतिक संस्कार अगाल्दै आएका छन, जस बाट सोझै असर कानुन वा यसका घेराहरु जसलाई हामि नेपालिहरु धारा भन्छौ , ति सवलिकृत हुदै जानेछन होला आगामी दिनहरुमा। यसको चर्चा बेग्लै किसिमले होला।

यस्तै सवालहरु बुझ्दै बुझाउदै र यहिँ सारांस बुदागत् बुझ्दा कानुनको अवधारणा वा अर्थलाई निम्न बर्णन अनुशार प्रष्ट पार्न सकिन्छ। 

-जनता द्वारा जनहितका लागि निर्मित बिधिहरुका खम्बा,

-सहि र आदर्श समाज निर्माणको अपरिहार्य तत्व,

-सबैलाई समान रुपले लागु हुने,

-सारभूत समानतामा जोड दिने ,

-राज्य र समाज संचालन गर्ने निम्नतम अस्त्र ,

-धर्म ,प्रथा वा कुनै ब्यक्ति बिशेस मात्र नभई पूर्ण मानव अधिकार सहितका हरेक अधिकार र कर्तब्य लाई चेत खुलाउने र रक्षा गर्ने संहिता।

अंग्रेजीमा कानुन लाइ ल भनिन्छ  र यसको प्रवेश बिन्दु वा मूल शब्द लेग बाट आयातित हो , जसको शाब्दिक अर्थ “तेस्तो चिज जसले निश्चितता र एकरुपता लाइ बुझाउछ।

यसरी “कानुन” को अवधारणाले शब्द र अर्थ ओतेको छ र आफ्नो छापको बैज्ञानिक प्रभाव छोडेको छ भन्नु पर्छ।  हरेक खाले बिश्वमा कानुनि राज्य भनिन्छ भला उसका आफ्नै शैली वा आवरण होलान।  मुलभूत रुपमा हामि कानुन बिहिन हुन् सक्दैनौ।  नेपालमा पानीका धाराहरु कम होलान तेती कानुनि धाराहरु निर्माण भएका पाइन्छन तर कतिपय कुराहरुको माग हुदा पनि बिषयबस्तु उठान हुन् सकेको पाइदैन।  त्यसैले कानुन बनाउने र पालना गरिने/गराउने बिधिहरु लाइ पनि सुत्न दिनु हुदैन अर्थात चलाएमान राख्नु पर्छ।

मानवीय आचार तथा व्यवाहारलाई नैतिक ,सामाजिक , राजनैतिक तथा कानूनी आयामबाट परिभाषित गर्दै के गर्ने / नगर्ने भन्ने विधिवत निर्णयको ढाचा दिने आधार भनेको मुलत कानुननै हो।  “कानुन शब्दले नेपाल ऐन वा नेपालको कुनै भागमा कानुन सरह लागु हुने ऐन ,सवाल , नियम ,उपनियम सम्झनु पर्दछ। “-कानुन व्याखा सम्बन्धि ऐन २०१।

राज्यमा जनता छन र जनताका मर्म हरु सम्बोधन गर्न गराउन वा सम्पर्क स्थापित गराउने आधार भनेको कानुननै हो।  समाज कति गहिरो पिडा वा खुशी साटेको छ त्यो सुख दुख लाई मापन गर्न /गराउन बन्ने सिस्टमनै कानुन वा बिधी हो।  समाजको चरित्र लाई रास्ट्रिय आँट वा ढाँट चिनाउने भनेको त्यो समाजका दफा र कानुनि धाराहरु कति बेगवान छन वा कार्यन्यन कसरी भएको छ , तेस्का आधारमा मुल्याङ्कन हुन्छ।

तेसो हुदा मैले यस लेखमा कानुन बारे चर्चा गर्नको मुख्य उदेश्य भनेको , “मैले कानुन जानिन भन्ने छुट देशको शाशन पद्दतिले दिदैंन”। समाजका कानुनि धाराहरुमा अब बेग ल्याउन हामि सहभागीमुलक राजनैतिक संस्कार बिकास गर्दै जाउ र दफा दफा हरु हाम्रो चेत अनुशार परिमार्जन गरौ।

कानुनका सकारात्मक उदेश्यहरु  यस्ता हुनुपर्छ :

समाजमा न्याय स्थापित गर्नु/गराउनु ,हरेक अधिकारको रक्षण गर्दै कर्तब्य लाई सुझाउनु ,नैतिक धरातल बढाउन सहयोग गर्नु ,दोषी र निर्दोष छुट्याउने बिधि बनाउनु र अशल राज्यको निर्माण गराउनु।

अब ,हामि सामन्यतय कानुनका के के श्रोत छन त् तेस्मा चर्चा गरौ:

-संबिधान : यो देशको मूल कानुन हो।

-बिधायन :यो कानुनको मुख्य श्रोत हो।

-सर्वोच्च बिधायन : व्यवस्थापिकाबाट बन्ने कानुनहरु बैधानिक र सर्वोच्च स्थान हुन।

-नजिरहरु : न्यायिक निकाय वा सम्मानित अदालत मार्फत निर्मित फैसला वा निर्णय नै नजिर हो , यो पनि कानुन निर्माणको एक महत्वपूर्ण श्रोत हो।

-परम्परा : निरन्तर अवलम्बन गर्दै आएका तथा प्रचलनमा ल्याइएका मान्यता , संस्कार र रितिरिवाजहरु पनि कानुन निर्माण गर्दा वा श्रोतको रुपमा लिएको पाइन्छ।

-अन्तरास्ट्रिय सन्धि एबं सम्झौता हरु पनि कानुनका श्रोतहरु हुन्।

उपरोक्त बुदाहरु लाई केलाउदै गर्दा नेपालमा कानुननिहित समस्याहरु छन , ति भनेका भाषिक दुरुहता र अत्यन्तै घुमौरा पौराणिक भान हुने ; अरुचिकर शैली भएको भान नयाँ पुस्ताहरु लाई भएको महशुस गर्न सकिन्छ।

नेपालि भाषाको बिरट्ताले हो वा चतुर शासक गणले गर्दा हो , निकै दोहोरो अर्थ लाग्ने भाषा अवलम्बन गरेको पाइन्छ , वा खाले कानुन जसमा दण्ड लाई रबर जसरी तन्क्याउने प्रवृति पाउन सकिन्छ , त्यो सुधार हुन् जरुरि छ।  यो लामो समय लिने खाले जटिल प्रक्रिया छ , नेपालि कानुनहरु निर्माण गर्दा  समयको माग र मुल्यलाइ ध्यान नदिएको जस्तो बुझ्न सकिन्छ। ।  कथित बिधि र प्रक्रिया कहिलेकाही आफै बाधक सिद्ध हुन् जान्छ।  धेरै तेस्ता लुपहोलहरु छन तिनको पतन अनिवार्य छ।

झट्ट हेर्दा ६ वाटा खुड्किला बाट पार भएपछी नेपालका मुलभूत कानुनहरु निर्माण हुन्छन ति हुन् :

-आवस्यकताको पहिचान ,

-मस्यौदा तर्जुमा ,

-परामर्श एब छलफल ,

-संसदीय प्रक्रिया जसमा छलफल एवं प्रस्तुत ,

-संसदबाट अनुमोदन र अन्त्यमा समान्न्नीय रास्ट्रपति ज्यु बाट प्रमाणीकरण।

तर यिनै छ बाटाहरु हिड्दा कानुनका धाराहरु धेरै चुहिने गरेका छन , समय अवधि निकै लाग्ने तितो यथार्थ हामिमाझ छ।

कतिपय सवालमा जटिल वा जरुर कानुन लाइ अध्यादेश मार्फत ल्याउने बाटो नेपालको सरकार लाई छदै छ , तर यसको प्रयोग लाई एग्जिकिउटिभ अडर मार्फत ल्याएर जनताका महत्वपूर्ण सवालहरु सम्बोधन भएमा “नेपालका कानुन सबैले अनिवार्य मानुन “हुने थियो कि ? हेर्दै जाउ आउने दिनहरुमा नेपालमा राजनीतिमा धेरै बहस सिष्टता र कानुनको मर्यादामा हुनेछ।  नेपालको कानुनले बनाएको नुनको सोझो , नेपाली जनता गुणको पोको हुनेछन र नेपाल एक साचै कानुन बारे बनेको मिथक : “नेपालको कानुन दैवले जानुन” वा “ठुला लाई चैन सानालाई ऐन ” भन्ने बाट रुपान्तरित भई पूर्णता पाउनेछ।  हरेक जनताले र बुझ्रुकहरु यो बुझ्नु पर्छ कि कानुन कुनै नयाँ ग्रह बाट आएको आग्रह होइन यो त् सबै खाले पूर्वाग्रह लाई निस्तेज पार्ने छडी हो।  सबैमा कानुनको चेतना भया।

आगे सत्य।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *