जर्मनीमा लकडाउनको विरोधमा प्रदर्शन, ट्यांकमा चढे प्रदर्शनकारी

कोरोनाभाइरसको दोस्रो लहर रोक्नका लागि लकडाउन लगाइएको विरोधमा जर्मनीमा हजारौं मानिसले प्रदर्शन गरिरहेका छन् । उनीहरूले लकडाउन लगाउने जर्मन चान्सलर एंगेला मर्कलको निर्णयको विरोध गरेका छन् । प्रदर्शनकारीलाई तितरबितर पार्न दंगा प्रहरी खटाइएको छ । प्रहरीले पानीको फोहरा प्रहार गरेर प्रदर्शनकारीहरूलाई भगाउने प्रयास गरे ।

एउटा प्रदर्शनकारी त सोभियत संघको पालाको टी३०० ट्यांकमा चढे अनि लकडाउनको विरोध गर्न थाले । जर्मन प्रहरीले चेतावनी दिएको भए पनि भीडले मास्क लगाएन । लकडाउन उल्लंघन गर्नेहरूलाई प्रहरीले हिरासतमा लिएको छ ।

प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहरा प्रहार गर्दा उनीहरू कुरीकुरी भन्दै नारा लगाए । प्रदर्शनकारीहरूले सडकबाट हट्न पनि अस्वीकार गरे । पछि प्रहरीले केही मानिसलाई टाढा पुर्‍यायो ।

लगभग पाँच हजार प्रदर्शनकारीहरू बर्लिनको ब्रान्डेनबर्ग गेट पुगेका थिए । सरकारले लकडाउन लगाएर तानाशाही देखाएको उनीहरूले आरोप लगाए । केही प्रदर्शनकारीहरूले अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पको तस्वीर समेत बोकेका थिए ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *