राष्ट्रपति जेलेन्स्कीलाई काेराेना सङ्क्रम

काठमाण्डाै – युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहे पनि अस्पताल भर्ना भएको त्यहाँको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति जेलेन्स्कीसँगै उहाँका शीर्ष सहयोगी तथा युक्रेनका रक्षामन्त्री, र अर्थमन्त्रीलाई पनि सङ्क्रमण पुष्टि भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । कोरोना भाइरस सङ्क्रमणको जोखिम बढ्दै गएपछि युक्रेनले गएको मार्च महिनामा कडा लकडाउन गरे पनि मे महिनामा खुकुलो बनाएको थियो । युक्रेनमा अहिलेसम्म पाँच लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ भने कोरोना भाइरसको सङ्क्रमणका कारण नौ हजारभन्दा धेरैको ज्यान गएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *