हार अस्वीकार गरिरहेका ट्रम्पलाई पूर्वपत्‍नी इभानाको सुझाव

वासिङटन : नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेनलाई विश्व समुदायले बधाइ दिइसक्यो । हालै सम्पन्न निर्वाचनको परिणाममा बाइडेन विजयी भएपछि अब उनले पदभार सम्हाल्नका लागि प्राविधिक कामकाज मात्रै बाँकी छ ।

अफसोच, बाइडेनसँगै पराजित बनेका (पूर्व) राष्ट्रपति डोनल्ड ट्रम्पले बाइडेनको जित स्वीकार गर्न सकिरहेका छैनन् । यतिसम्म कि, चुनावी नतिजा स्वीकार गर्ने कि नगर्ने भन्नेमा ट्रम्पको परिवारभित्रै मतभेद सुरु भएको छ ।

त्यसो त, ट्रम्पकी पूर्वपत्नी इभानाले समेत हालै यो परीणामलाई स्वीकार गर्नुपर्ने सुझाव दिएकी छन् । ७१ वर्षीया इभानासँग ट्रम्पले १९७७ मा विवाह गरेका थिए । तर १९९२ मा उनीहरुबीच सम्बन्ध बिच्छेद भयो । इभान्का इभानाकै छोरी हुन् ।

‘म यो सबै चिज समाप्त भएको चाहन्छु, अर्कोतर्फ यसबारे मलाई खासै मतलब पनि छैन,’ इभानाले राष्ट्रपति निर्वाचनको परीणामबारे उत्पन्न विवादलाई लक्षित गर्दै भनिन् । यस्तै ट्रम्प धाँधलीको प्रमाण नभए पनि चुनावी नतिजालाई लिएर कानुनी लडाइँ लड्नेमा इभानाले विश्वास गरेकी छन् । उनले भनेकी छन्, ‘उनी हार्न चाहन्नन्, यसैले उनी लडाइँ, लडाइँ र लडाइँ गर्छन् ।’

साथै ट्रम्प फ्लोरिडा फर्किएर सुविधासम्पन्न जीवनशैलीमा बाँच्न सक्ने पनि इभानाको आंकलन थियो । यस्तै उनीसँग अरु धेरै विकल्प भएको पनि इभानाको सुझाव थियो । जस्तै गल्फ खेल्ने र सामान्य जीवनयापन गर्ने । पाम बिचमा गएर गल्फ खेल्ने र सामान्य जीवनयापन गर्ने उनका लागि उत्तम विकल्प भएको इभानाको सुझाव थियो ।

र उनले आफूले हारेको कुरा घोषणा गर्नुपर्ने भन्दै सुझाव दिएकी छन् । तर ट्रम्प हार्ने कुरालाई घृणा गर्ने उनले बताइन् । ‘उनी हार्ने कुरालाई घृणा गर्छन्, म पक्का छु कि, यदी उनले हारे भने त्यो हार नै हो । उनीसँग प्रसस्त पैसा छ । धेरै ठाउँ छन् जहाँ उनी बस्न सक्छन् र मसती गर्न सक्छन्,’ इभानाले भनिन् ।

इभानाले ट्रम्पसँग रहँदा तीन सन्तानलाई जन्म दिएकी थिइन् । डोनल्ड जुनियर, इभान्का र एरिक उनका सन्तान हुन् । र तीनैजना अहिले राष्ट्रपति ट्रम्पसँग सहयोगीको रुपमा काम गरिरहेका छन् । इभानाले आफ्ना सन्तानलाई पनि सुझाव दिएकी छन् । उनीहरुले डोनल्ड नजिक बसेर आनन्दको जीवन यापन गरे तर अब सामान्य जीवन यापन गर्नसक्ने उनको सुझाव थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *