फाइजरलाई कोरोना विरुद्धको खोपमा महत्वपूर्ण उपलब्धि

कोरोना भाइरसविरुद्धको खोप निर्माणमा जुटेका कम्पनीहरु फाइजर र बायोएनटेकले तेस्रो चरणको परीक्षण ९० प्रतिशत सफल भएको दावी गरेको छ । कम्पनीले सोमबार उक्त घोषणा गर्दै विज्ञान र मानवताका लागि महत्वपुर्ण उपलब्धी हासिल भएको बताएको छ । कम्पनीका अनुसार कोरोना संक्रमितले दोस्रो मात्रा लिएको ७ दिनमा निको भएको पाइएको छ ।

संक्रमितलाई पहिलो मात्रा दिएको २८ दिनपछि दोस्रो मात्रा दिइएको थियो । फाइजरका अध्यक्ष अल्बर्ट बोउर्लाले तेस्रो चरणको प्रारम्भिक नतिजा आइसकेको र कोभिड–१९ विरुद्धको खोपको परीक्षण सफल भएको दाबी गरेका छन ।

विश्वभर कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढिरहेको बेला फाइजरलेको उपलब्धी मानव सभ्यता कै लागि महत्वपुर्ण हुने अपेक्षा गरिएको छ । कम्पनीले सन् २०२० सम्ममा रोपको ५० करोड मात्रा उत्पादन गर्ने र सन् २०२१ मा १ अर्ब ३० करोड मात्रा उत्पादन गर्ने लक्ष्य लिएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *