अब पनि नबोले त “असामाजिक” मा दरिन्छु होला भन्ने डर

 

उच्च क्षमातावान व्यवस्थापक हुन् कुलमान… People management देखि financial controls सम्म उनको दक्षता दुनियाँले देख्यो, तारिफ पनि भयो र इच्छाशक्ति भएका लाई आउँदादिनमा अरू अब्बल दर्जाको नतिजा दिनेगरी काम गर्ने प्रेरणा पनि मिल्यो. अझ optimization र good governance मा त उनीसँग चौधरी परिवारले पनि ट्युसन लिए हुन्छ. अनुकूलता जस्तो रहे पनि सहि ठाउँमा सहि नियत को मान्छे पुगे delivery दिन सकिन्छ भन्ने उदाहरण कुलमानले दिएका छन्.तर के अहिले media ले फुकेजस्तै load-shedding को magic wand नै छ त उनीसँग, उनी रहे load-shedding नहुने अनि निस्किसक्दा झ्याप्प बत्ती जाने? पक्कै पनि होइन, न त उनले त्यो wand घुमाएर load-shedding अन्त्य नै गरेका हुन्. उनले त त्यो महान काम को नेतृत्व कुशलतापूर्वक सम्पन्न गरे. नेपाल विद्युत स्रोत उपलब्धता को मामिलामा धेरै अघि बढिसक्यो, अब उनी आफै या अरू जो कोही आएपनि load-shedding टाढा टाढा सम्म पनि topic नै रहँदैन. कुलमानले प्राधिकरणलाई जुन अवस्थामा उभ्याई दिए, यहाँ बाट त उनकै कनिष्ठ ले पनि सजिलै अघि बढाउन सक्नुपर्छ.सरकार लाई त rejected (at least for five years) नेता कार्यकर्ता व्यवस्थापन गर्नै फुर्सद देखिएको छैन अझै, ढिलो चाँडो कुलमान को व्यवस्थापनमा पनि ध्यान जाओस्, कसलाई कति जस् दिने त्यो हिसाबकिताब इतिहासले बताउला पछि. उनको सम्मान मा त लाजमर्दो गरि चुक्यो सरकार, कम्तीमा उनको managerial expertise अर्को sector मा भए पनि उपयोग गर्न सकोस्, त्यसका लागि चार वर्ष अघिको विद्युत प्राधिकरण जस्ता mismanaged निकायहरू छ्याप छ्याप्ती छन्. र कुलमानलाई देवता बनाएर थन्क्याउने अहिलेको अभियान पनि बन्द होस्. जनताले पनि कुलमानको अति-गुणगान् अनि प्राधिकरण बाहेक अन्त हुँदैहुँदैन भन्ने लिँडेढिप्पी त्याग्नुपर्छ. त्यो भन्दा बरु हरेक सरकारी कार्यालय मा एक एक कुलमान खोज्नु पर्छ, त्यसो गरे भलो होला कि.जय होस्

 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *