काठमाडौं ३१ भदौ । बंगलादेश, मंगोलिया र डोमिनिकन रिपब्लिकले तीन देशले नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्न प्रस्ताव गरेको छ । अखिल नेपाल नेपाल फुटबल संघ एन्फाका अनुसार बंगलादेशले उसकै मैदानमा र अरुले नेपालमै आएर मैत्रीपूर्ण खेल खेल्ने प्रस्ताव गरेका छन् ।
कोरोना भाइरसको महामारीका कारण धेरै देशमा खेलकुद गतिविधि ठप्प छ तेसै अनुरुप खेलाडीहरुले अभ्यास तथा प्रशिक्षण गर्न पाएका छैनन्।
फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोट खेलको लागि एन्फाले गत साउनमै प्रशिक्षणको तयारी गरेको थियो । त्यसका लागि खेलाडीहरु काठमाडौं बोलाई कोरोना संक्रमण परीक्षण पनि गराइसकेको थियो । तर एएफसीले छनोट खेल सारेको र नेपालको कोरोनाको संक्रमण दर बढ्न थालेपछि प्रशिक्षण स्थगित गरिएको थियो ।