बुधबार बिहानै काठमाडौं उपत्यकामा भूकम्पको ठूलो झड्का महशुस गरिएको छ। करिब बिहान ५ बजेर १९ मिनेटतिर भूकम्प गएको हो। केहीबेरसम्म भूकम्प आइरहेपछि सर्वसाधारणहरु घरबाट बाहिर निस्कनुको साथै कोहि कोहि घर कोकौशी मा पुगेका थिए। भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार सिन्धुपाल्चोकको राम्चे केन्द्रविन्दु बनाएर ६ म्याग्नेच्युडको भूकम्प गएको जानकारी हुन आएको छ। भूकम्पको धक्का काठमाडौंसहित देशका अरू धेरै भागमा पनि महशुस गरिएको थियो। क्षतिबारे भने विस्तृत विवरण आइसकेको छैन।