मन्त्रिपरिषद् बैठकपछि सम्पर्कमा आएका केही मन्त्रीले जानकारी गरे अनुसार गौतमलाई राष्ट्रियसभामा सिफारिस गर्ने निर्णय भएको र असोज ५ गतेदेखि लामो दूरीका यातायात खुल्ने र आन्तरिक उडान संचालन हुने निर्णय भएको बताएका थिए ।
ती मन्त्रीले जानकारी गरेको कुरा मन्त्रिपरिषद्को औपचारिक निर्णयमा भने गायब रह्यो ।प्रधानमन्त्री केपी शर्मा ओलीबाट बुधबार बिहानमात्रै सरकारको प्रवक्ताको जिम्मेवारी पाएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले पत्रकारलाइ सार्वजनिक गर्ने क्रममा त्यो मुख्य भनिएको वामदेव गौतम सिफारिसको निर्णय सुनाएनन् । मन्त्रिपरिषद्ले पछिल्ला २ बैठकबाट गरेका निर्णय सार्वजनिक गर्ने क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले वामदेव गौतमलाई राष्ट्रियसभाको रिक्त रहेको सिटमा मनोनयनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई सिफारिस गर्ने निर्णय भएको जानकारी दिएनन् ।
उक्त निर्णय सार्वजनिक नगरेपछि वामदेव गौतम राष्ट्रियसभामा सिफारिस हुने नहुनेबारे फेरि अन्यौल देखिएको छ ।
