काठमाडौँ — नेपाल बिधुत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडिङलाई आफ्नो कार्यकालमा अन्त्य गराइदिएको बताएका छन् । मंगलबारको विदाइ कार्यक्रममा बोल्दै घिसिङले आफ्नो चार वर्षेको कार्यकालमा २०७५ साल वैशाखदेखि औद्योगिक ग्राहकका लागि पनि लोडसेडिङ अन्त्य गरि मुलुकलाई इतिहासमै लोडसेडिङको अन्त्य गराउन सफल भएको बताएका हुन् । उनले सबैको साथ र सहयोगमा नै सम्झदै कहाली लाग्ने त्यो आँध्यारो युगलाई इतिहास बनाउँदै उज्यालो युग सुरुवात गर्न सफल भएको बताए ।
लोडसेडिङ अन्त्य गर्नु मात्र अन्तिम अभिष्ट नभएर प्राधिकरणको चौतर्फी सुधार र विभिन्न कारणले जीर्ण बनेका तथा अलपत्र अवस्थामा रहेका उत्पादन, प्रसारण तथा वितरणतर्फका आयोजना सम्पन्न गर्नु तथा नयाँ सुरु गर्नु समेत रहेको बताए । उनले जीर्ण बनेका अधिकांश आयोजनाहरु निरन्तरको प्रयासबाट निर्माण सम्पन्न भएको र केही सम्पन्न हुने चरणमा पुगेको बताए ।