पहिरोले अबरोध भएको नारायणगढ–मुग्लिन सडक खुल्याे

चितवन — नारायणगढ–मुग्लिन सडक अन्तर्गत पर्ने इच्छाकामना गाउँपालिका–६ चारकिलोनजिक सोमबार राति पहिरो जाँदा सडक अवरुद्ध भएको थियो। उक्त अवरुद्ध सडककाे पहिरो पन्छाएर दोहोरो सवारी चल्न थालेका छन् । uचार किलोको पहिरो सफा गरेर दिउँसो साढे २ बजेदेखि दोहोरो रुपमा यातायात सुचारु भएको कुरा सडक डिभिजन कार्यालय भरतपुरले जनाएकाे छ । उक्त सडकलाई मापदण्डअनुरुपको दुई लेनको बनाउन ठाउँठाउँमा पहाड काटिएको छ । पहाड काटिएको ठाउँमा बर्खा लाग्दा हरेक वर्ष पहिरोले दुःख दिने गर्छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *