अनुसन्धान निष्पक्ष नभएको भन्दै पीडित परिवारद्वारा प्रहरी कार्यालय घेराउ

“शम्भुका जेठा छोरा १६ वर्षीय राहुलले घटनालगत्तै घरधनीकी श्रीमतीले आफूलाई मुद्दा मिलाउन पैसाको प्रलोभन देखाउँदै दबाब दिएको बताए । उनले भने, ‘कति पैसा चाहिन्छ ? केस क्लोज गरिदेऊ भनेर दबाब दिएका थिए । मैले मेरो बाबु फिर्ता ल्याइदेऊ भनेँ ।”

करिब १४ महिनाअघि शम्भुले कीर्तिपुरको भाजंगलमा मासिक चार हजार तिर्ने गरी दुईवटा कोठा भाडामा लिएका थिए । लकडाउनमा पनि जेनतेन भाडा बुझाइरहेका थिए । तर घरधनी प्रेम महर्जनसँग उनको हार्दिक सम्बन्ध थिएन । उनै घरधनी प्रेमले शुक्रबार साढे १२ बजेतिर शम्भुमाथि अकस्मात् गजबारले प्रहार गरे । एकै छिनमा प्रहरी आएर शम्भुलाई कीर्तिपुर अस्पताल पुऱ्याए पनि उनको ज्यान रहेन ।

भारतीय नागरिक शम्भु महतो २० वर्षयता विभिन्‍न इलम गरेर तीन छोरा र श्रीमतीसहितको परिवार पालिरहेका थिए । लकडाउनअघिसम्म बसको सहचालक रहेका उनी यातायात बन्द भएपछि फलफूल बेचेर गुजारा चलाइरहेका थिए ।

घटना अनुसन्धानमा जुटेका एक प्रहरीका अनुसार जारमा रहेको पानी लैजाने कि त्यहीँ छाडने भन्ने विषयमा झगडा भएको देखिन्छ । घटनालगत्तै पक्राउ परेका प्रेमले पनि बयानमा पानीको निहुँमा झगडा भएपछि आफूले हिर्काएको स्वीकार गरेका छन् । पीडित परिवारले प्रेम, उनकी पत्नी, २ छोरा र २ छोरीविरुद्ध किटानी जाहेरी दिएको छ । प्रहरीले घरधनी प्रेमसहित उनका दुई छोरालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त कीर्तिपुरका डीएसपी रुकेश तण्डुकारले पक्राउ परेका तीनै जनालाई अदालतबाट ७ दिनको म्याद लिएर थुनामा राखिएको बताए

 

 

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *