बागलुङमा पहिरो जादा एक जनाको मृत्यु, ५ वटा घर क्षतिग्रस्त

२९ भदौ, घरमाथिबाट आएको पहिरोले बागलुङको जैमिनी नगरपालिका–१ टुनीबोटका ६८ वर्षीय हरिकृष्ण शर्मा पौडेलको मृत्यु भएको छ । पहिरोले टुनीबोटका ५ घर क्षतिग्रस्त भएका छन् । जिल्ला प्रहरी बागलुङका निरीक्षक हेम केसीका अनुसार सोमबार बिहान साढे ६ बजेतिर आएको पहिरोले ५ घर पुरिएका थिए । उक्त क्रममा पौडेल पनि पुरिएर बेपत्ता भएकोमा स्थानीय र सुरक्षाकर्मीले मृत भेटाएका थिए ।
रातभरिको वर्षापछि बिहान पहिरो गएको थियो । उज्यालो भएको कारणले गर्दा स्थानीय बासि भाग्न सफल भएका थिए । यसैगरी पवित्रादेवी शर्मा, इन्द्र शर्मा, रत्नबहादुर क्षेत्री, तारादेवी क्षेत्री र मृतक पौडेलको घर पहिरोमा परेका छन् । परिवारजनलाई छिमेकीको मा राखिएको छ । उक्त स्थानमा आइतबार पनि पहिरोले घर पुर्दा ६० वर्षीया महिलाको मृत्यु भएको थियो भने तीन घर भत्काएको थियो ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *