जानकी गाउँपालिकाबाट आठग्राम लागूऔषध खैरो हिरोइनसहित तीनजना पक्राउ

टीकापुर । जानकी गाउँपालिका वडा नम्बर ८ भोक्सिबाट लागूऔषधसहित तीनजना युवक पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय टीकापुर र प्रहरी चौकी अमरावतीको टोलिले शंकास्पद अवस्थामा रहेका उनीहरुलाई चेकजाँच गर्दा आठ ग्राम खैरो हिरासत भेटिएको टीकापुर प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुलाई २७ गते नै पक्राउ गरेको भएता पनि बीचमा दुईदिन न्यायालय विदा भएकाले अदालतबाट म्याद थप नभएपछि जानकारी नगराइएको बताउदै प्रहरीले रंगेहात पक्राउ पर्नेमा जानकी गाउँपालिका ६ सुवर्णपुरका ३० वर्षीय दीपक विक, सोही गाउँपालिका वडा नम्बर ८ भोक्सीका २० वर्षीय राजेश थापा र टीकापुर नगरपालिका १ भुपु कमैया शिविरका २९ वर्षीय नेत्रबहादुर हमाल रहेका छन् ।

प्रहरीका अनुसार उनीहरुले प्रयोग गर्ने गरेको एक थान कालो हरियो रङ्को से ४ प ५४४७ नम्बरको आर१५ मोटरसाईकल समेत बरामद गरिएको हो । जिल्ला अदालत कैलालीबाट ७ दिनको म्याद थप गरेर उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *