• मेनु
  • प्रदेश शंस्करण
  • Home
  • Privacy Policy
  • Term & Conditions
  • प्रितीबाट युनिकोड कन्भर्टर
  • बिज्ञापन
  • मिति कन्भर्टर
  • सम्पर्क
  • हाम्रो टिम
  • हाम्रो बारेमा
  • समाचार
  • अन्तरवार्ता
  • खेलकुद
  • सम्पादकीय खबर
  • सुचना प्रविधि
  • बिचार
  • अन्तर्राष्ट्रिय
  • अर्थ खबर
  • समाज
  • धर्म संस्कृति
  • स्थानीय
  • जीवनशैली
  • हाम्रो बारेमा
  • बिज्ञापन
आज: २०७९ जेष्ठ ५, बिहिबार
ट्रेन्डीङ्ग
पक्राउ (38)मृत्यु (32)कोरोना (31)कोरोना भाइरस (23)नेकपा (18)संसद विघटन (17)निर्वाचन (15)विघटन (14)
  • स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी : याेगेश भट्टराई

    ३ घण्टा अघि

    ओलीले आत्मसमीक्षा गरेर आए नयाँ ढंगले जान सकिन्छ : नारायणकाजी श्रेष्ठ

    ३ घण्टा अघि

    अभिनेत्री निरुता सिंह भन्छिन् : मेरो जातमा मलाई गर्व छ, म कामी हो

    ३ घण्टा अघि

    मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा : विनोद चौधरी

    ४ घण्टा अघि

    भरतपुरमा फराकिलो मतान्तर बनाउँदै रेनु

    ४ घण्टा अघि

    बालेनले २४ हजार मत कटाए, केशव र सिर्जनाको कति?

    ४ घण्टा अघि

    सुनिता डंगोलले यी इञ्जिनियरसँग विबाह गर्दै !

    ४ घण्टा अघि

    गणतन्त्र दिवस ३ दिनसम्म मनाइने, नागरिकलाई पनि दीपावली गर्न अनुरोध गर्ने

    ४ घण्टा अघि

    देउवाले टिकट खोसे, जनताले मेयर बनाए

    ४ घण्टा अघि

    स्वतन्त्र व्यक्तिलाई जिताएर काठमाडौंवासीले परीक्षण गर्न खोजे : मानन्धर

    ५ घण्टा अघि
  • समाचार
  • स्थानीय
    • प्रदेश नं. १
    • प्रदेश नं. २
    • बागमती
    • गण्डकी
    • प्रदेश नं. ५
    • कर्णाली
    • सुदुर पश्चिम
  • अन्तरवार्ता
  • अर्थ खबर
    • अटो
    • कृषि तथा पशुपालन
    • बजार
    • बैंक
    • रोजगारी
  • खेलकुद
  • सुचना प्रविधि
  • कला/मनोरंजन
  • व्यक्तित्व
  • स्वास्थ्य
  • अपराध
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • साँचो टि.भी.
    • धर्म संस्कृति
    • एन.आर.एन.
    • समाज
    • युवाका कुरा
    • देश/परदेश
    • मिति कन्भर्टर
आज: २०७९ जेष्ठ ५, बिहिबार
in
FLASH NEWS
  • १न्यायालयको छवि उच्च राख्न कानुन व्यवसायी इमान्दार हुनुपर्छ : महान्यायाधिवक्ता खाती
  • २क्रिकेट विश्वकप लिग-२ अन्तर्गत तयारीका लागि श्रीलंका जाने १६ सदस्यीय नेपाली टिम घोषणा
  • ३रुसको चेतावनी : तेस्रो विश्वयुद्धमा परमाणुअस्त्र प्रयोग हुने
  • ४जीटूजी व्यस्थामार्फत भारतबाट नेपाल रासायनिक मल आपूर्तिका लागि समझदारी पत्रमा हस्ताक्षर
  • ५चैत मसान्तभित्र मेलम्चीको पानी काठमाडौंबासीको घरघरमा
  • ६यस्तो छ मन्त्रिपरिषद्ले पारित गरेको एमसीसीको १२ बुँदे व्याख्यात्मक घोषणा
  • ७अमेरिकाबाट सात वटा साँढे नेपाल ल्याइयो
  • ८मोडल पल शाहविरुद्ध गायिका समिक्षा अधिकारीले प्रहरीमा दिइन् जाहेरी

सुष्मा र नवराजबीच प्रेम /जात नमिले पछि नवराजको गाउँलेले हत्या गरे / RUKUM, NAWARAJ

होमपेज / साँचो टि.भी.
  • १०४५ पटक पढिएको


  • २०७७ बैशाख ३१, बुधबार (२ साल अघि)
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • भक्तपुर । भक्तपुरका दुईजनामा कोरोना पोजेटिभ देखिएपछि मध्यपुरथिमि नगरपालिकाले उच्च सतर्कता अपनाउँदै मुख्य दुईवटा सडकबाहेक सबै सडक बन्द गर्ने भएको छ । नगरपालिकालको आज आकस्मिकरुपमा बसेको कार्यपालिका बैठकले लकडाउनलाई कडाइ गर्नुका साथै सडक, पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो ।

    नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अरनिको राजमार्ग खण्ड र पेप्सिकोला सानोठिमी हुँदै भक्तपुर जाने सडकबाहेक नगरपालिकाभित्रका अन्य सम्पूर्ण सडक बन्द गर्ने निर्णय भएको जानकारी दिए । उनले भने, “दुईवटा मुख्य सडकलाई खुला गर्ने र अरु सबै सडक स्थानीयबाहेक नयाँ मान्छेका लागि पूर्णरुपमा बन्द गरिएको छ, ती सडकमा पानी, खाद्यान्न, एम्बुलेन्स, दमकललगायत अत्यावश्यक सवारीसाधनबाहेक अरुलाई प्रवेश निषेध गरिएको छ, बाहिरबाट आएका नयाँ मान्छेलाई मध्यपुरथिमि प्रवेशमा पूर्णरुपमा रोक लगाएको छ ।”

    मध्यपुरथिमि नगरपालिकाभित्रका घरधनीलाई बाहिर जिल्लाबाट आएका कोही पनि व्यक्तिलाई बस्न नदिन निर्देशन जारी गरेको बताउँदै उनले कोरोना परीक्षण नगरी बसेका व्यक्तिमा पछि कोरोना भएको पुष्टि भएमा घरधनीलाई कारवाही गर्ने नगरपालिकाले निर्णय गरेको छ । नगरप्रमुख श्रेष्ठले भने, “हामी जटिल अवस्थामा छौँ, यस्तो बेलामा सानो लापरवाहीले ठूलो नोक्सान हुनसक्छ, त्यसैले कोरोना नेगेटिभ पुष्टि भएको प्रमाण बोकेर आउनेबाहेक विभिन्न जिल्लामा गएर फर्केर आएका व्यक्तिलाई आफ्नै कोठामा पनि बस्न दिएर संक्रमण भेटिएमा घरधनी आफै कारबाहीको भागिदार हुनुपर्छ ।”

    नगरपालिकाले लकडाउनलाई कडा गर्ने बताउँदै बिहान ९ बजेसम्म मात्रै तरकारी बजार खोल्न पाउने, खाद्यान्न, औषधि, ग्यास, पानीजस्ता अत्यावश्यकबाहेकका सम्पूर्ण पसल बन्द गरिने बताए ।

    मासु, भट्टी, चियाखाजा पसल, फुटपाथ पसल पनि बन्द गराइने भएको छ । अत्यावश्यकबाहेक अन्य पसल खोलेमा कारवाही गरिने भएको छ । लकडाउनलाई पूर्णरुपमा कार्यान्वयन गराउन प्रहरीको साथै नगरपालिकाले १२५ जना स्वयंसेवक खटाउने भएको छ । परिचालन हुने स्वयंसेवकलाई प्रशासनको समन्वयमा नगरपालिकाले उपलब्ध गराएको पोशाक लगाएर परिचालन गरिने भएको छ ।

    नगरपालिकाका सबै जनप्रतिनिधिको स्वाब सङ्कलन गरी आफ्नै प्रयोगशालामा परीक्षण गरिएको छ । आज अपराह्न ४ बजे नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा स्थापना भएको ल्याबमा कोरोनाको परीक्षण गरिएको हो । रिपोर्ट भने आउँन बाँकी छ ।

    नगरपालिकाले कोरोना परीक्षण गर्न ल्याएको ल्याबलाई सरकारले अझै सञ्चालनमा स्वीकृति नदिँदा अन्य व्यक्तिको स्वाब सङ्कलन एवं परीक्षण गर्न नपाए पनि नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी एवं स्थानीय सञ्चारकर्मीको भने स्वाब सङ्कलन गरेर परीक्षण गर्ने भएको छ ।

    यही २९ गते सुनसरीबाट आएर मध्यपुरथिमि नगरपालिका शङ्खधर चोकस्थित साथीको कोठामा बसेकी एक २५ वर्षीया महिलालाई कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका करिब २० घरलाई प्रहरीले सिल गरेपछि नगरपालिकाले कडा निर्णय लिएको हो ।

    ललितपुरको निदान अस्पतालमा कार्यरत नर्सलाई कोरोना सङ्क्रमण भएपछि मङ्गलबारबाटै टेकुस्थित आइसोलेन वार्डमा भर्ना गरिएको छ । थिमि शङ्खधर चोकमै बस्ने उनकी साथी शहीद धर्मभक्त मानव अङ्ग प्रत्यारोपण केन्द्रमा कार्यरत एक नर्सको भने भक्तपुर अस्पतालमा आज स्वाब सङ्कलन गरी परीक्षणका लागि टेकु अस्पताल पठाएर सोही अस्पतालको आइसोलेसनमा राखिएको छ ।

    भक्तपुर कै चाँगुनारायण नगरपालिका–१ दुवाकोट बस्ने सशस्त्र प्रहरी बलका एक प्रहरीलाई पनि कोरोना सङ्क्रमण भएको पाइएको थियो । उनको पनि टेकु अस्पतालमा उपचार भइरहेको छ । सङ्क्रमित प्रहरीका छोरासहित परिवारलाई पनि परीक्षणका लागि टेकु अस्पताल पठाइएको छ । शङ्खधर चोकको सिल गरिएको बस्तीका बासिन्दाको पनि भक्तपुर अस्पतालमा कोरोना परीक्षण शुरु गरिएको छ । त्यस्तै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यरत स्टाफ नर्समा कोरोना भाइरस पोजेटिभ नदेखिएको केन्द्रले दाबी गरेको छ ।

    प्रतिक्रिया दिनुहोस
    • फेसबुक मार्फत
    • ईमेल प्रयोग गरेर

    Cancel Reply

    कमेन्ट दिंदा सभ्य तरिकाले दिनुहोला र तपाईंको ईमेल ठेगाना गोप्य राखिने छ *

    सम्बन्धि खबरहरु

    किन पृथ्वी राजमार्गले निषेधाज्ञा नमान्ने, पर्सी ३० गतेदेखि गाडी चलाउने भो

    छोरीले बाबा आमा मरिसक्नु भयो पुलिस आउछ छोड्नु भनेपछि बाँचे (भिडियोसहित)

    मलाई यो रोग लागेपछि श्रीमतीले साथ छाडी, भाईले पनि मरिस भने किरिया गरिदिन्छु भन्छ (भिडियोसहित)

    सपनाको गोप्य तस्विरहरु निकालेर देखाइदिम भन्दै बिनय रिसाउँदै आए मिडियामा

    एक्कासी कतारवाट आएर दिपकले अर्काको श्रीमती र छोरा लिएर फरार (भिडियो)

    THE LEADER / तपाँईले The Leader मा रजिष्टर गर्नुभयो ?

    ताजा समाचार
    १.

    स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी : याेगेश भट्टराई

    ३ घण्टा अघि
    २.

    ओलीले आत्मसमीक्षा गरेर आए नयाँ ढंगले जान सकिन्छ : नारायणकाजी श्रेष्ठ

    ३ घण्टा अघि
    ३.

    अभिनेत्री निरुता सिंह भन्छिन् : मेरो जातमा मलाई गर्व छ, म कामी हो

    ३ घण्टा अघि
    ४.

    मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा : विनोद चौधरी

    ४ घण्टा अघि
    ५.

    भरतपुरमा फराकिलो मतान्तर बनाउँदै रेनु

    ४ घण्टा अघि
    ६.

    बालेनले २४ हजार मत कटाए, केशव र सिर्जनाको कति?

    ४ घण्टा अघि
    समाचार
    थप

    स्वतन्त्र उम्मेदवारकाे मत बढी आउनु दलहरूकाे निम्ति खतराकाे घण्टी : याेगेश भट्टराई

    ओलीले आत्मसमीक्षा गरेर आए नयाँ ढंगले जान सकिन्छ : नारायणकाजी श्रेष्ठ

    अभिनेत्री निरुता सिंह भन्छिन् : मेरो जातमा मलाई गर्व छ, म कामी हो

    मुलुकको अर्थतन्त्र गम्भिर स्थितिमा : विनोद चौधरी

    साँचो खबर
    थप

    डा. महाबिर पुन द्वारा गुरुकुल/भाष्कर स्कुलमा किताब बिमोचन

    एसईईको नतिजा पर्खेर बसेका विद्यार्थीलाई गुरुकुल विद्या सदन मा.वि नयाँबजार र भाष्कर मेमोरियलको इन्ट्रान्स बुस्टर

    Add Space

    पत्राचार ठेगाना

    साँचो खबर डट कम ( www.sachokhabar.com )
    कीर्तिपूर ,काठमाण्डौ

    अध्यक्ष : सरिता कोइराला 
    प्रबन्ध निर्देशक/प्रधान सम्पादकः  – खगराज लामिछाने

    +९७७ – ९८५११९४०४५ / ९८४९०९४०४५

    सूचना विभाग दर्ता नं. २४८९ / ०७७ – ७८

    MORE TEAM DETAIL

    Well Come to our face book page


    Click Here  

    साईट नेभिगेशन

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    पेजहरु

    • गृह पृष्ठ
    • हाम्रो बारेमा
    • मिति कन्भर्टर
    • बिज्ञापन

    सामाजिक संजाल

    • फेसबुक
    • ट्वीटर
    • ईन्स्टाग्राम
    • युटुब
    © २०७७ साँचो खबर Online Khabar मा सार्वाधिकार सुरक्षित छ | Designed by: GOJI Solution