कोरोना भाइरस : सामाजिक दुरीबाट नै बृद्धबृद्धाको जिवन सुरक्षित, सवाल जिन्दगी र मुत्युको

कोरोना भाइरसबाट बच्न बृद्धबृद्धाहरुले सामाजिक दुरीको पालना गर्नु पर्नेहुन्छ तब मात्र यो भाइरसबाट सुरक्षित रहन सकिन्छ । यूरोपीयन यूनियनकी प्रमुख उर्सुला वाल देर लेयेनले यो कुरा भनेकी हुन् । उनले भनिन् भ्याक्सिन बिना बृद्ध–बृद्धाहरुलाई सुरक्षित राख्नुपर्ने हुन्छ यसको लागी सबैभन्दा उत्तम उपचार भनेकै सामाजिक दुरी हो । उनले भनिन यो निकै कठिन छ, आइसोलेशनमा बस्नु भनेको निकै गाह्रो छ तर सवाल जिन्दगी र मुत्युको छ । हामी यस्तो स्थितिमा अनुशासनमा रहेर शान्त रहनुपर्नेहुन्छ । घरका बिरामी र बृद्ध मानिसलाई ध्यान दिनुपर्ने हुन्छ ।

चाडै भ्याक्सिन आउने आशा
यूरोपीयन यूनियनका प्रमुख लेयेन ले यूरोपीयन ल्याबोरेटरी चाडै नै भ्याक्सिन विकसित गर्नेछ । सन् २०२० सम्म यो सम्भव हुनेछ । भ्यासिक तयार गरेर पुरै विश्वका हरेक ब्यक्तिलाई जीवन सुरक्षित बनाउने कोशिश रहनेछ ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण अमेरिकामा मात्र २६ हजार भन्दा बढिको मुत्यु भईसकेको छ भने ६ लाख १५ हजार भन्दा बढि संक्रमित पुगेको छ । मंगलबार मात्र कोरोनाबाट अमेरिका २६ सय ४७ जनाले ज्यान गुमाए । मुत्युदर बढेपछि ट्रंपले अमेरिकाको ५० राज्यमा अर्को निर्णय नभएसम्मको लागी संकटकाल घोषणा गरेका छन् । नियन्त्रण तथा रोकथामको लागी लकडाउन लगाउन अस्विकार गर्दे आइरहेका ट्रंपले लिएको यो निर्णय ढिलो भएको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *